News Portal

  • उपराष्ट्रपति निर्वाचनः मतदान सकियो, मतपरिणाम आजै आउने

    रातोपोस्ट संवाददाता
    ३१ पटक

    काठमाडौँ, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३ सय ११ र प्रदेशका ५ सय १८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३ सय ३४ र प्रदेशका ५ सय ८५ सांसद मतदाता रहने व्यवस्था छ।

    निर्वाचनमा राप्रपाका १४ र नेमकिपाका एक जना संघीय सांसदले मतदान गरेनन्। राप्रपा र नेमकिपाले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए।

    यस्तै, कांग्रे‍स सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका सांसद वर्षमान पुन बिरामी भएका कारण निर्वाचनमा अनुपस्थित रहे। कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित रहेको र एमालेका ल‍क्ष्मी महतो कोइरी फरार सूचीमा रहेकोले अनुपस्थित रहे।

    कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएको हुँदा रिक्त रहेको अवस्था छ।

    प्रदेशका ३२ सांसद निर्वाचनमा अनुपस्थित रहे। मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। मतगणना साढे ३ बजेबाट सुरु हुने आयोगले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)