News Portal

  • रामसहाय यादव बने गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति

    रातोपोस्ट संवाददाता
    ३९ पटक

    काठमाडौं, ३ चैत्र । नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।

    आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो। संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको हो।

    संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ। यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन्। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनकै रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)