रातोपोस्ट संवाददाता
काठमाडौँ, ५ चैत । एमाले छोडेर नेकपा एकीकृत समाजवादी आएका नेता घनश्याम भुसाल महासचिव बनेका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।
त्यस्तै सचिवालय बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
त्यस्तै केन्द्रीय उपाध्याक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनयन गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । योसँगै एकीकृत समाजवादीको सचिवालय सदस्य संख्या १९ भएको छ ।