News Portal

आज मेची सामुदायिक सेवा केन्द्रकाे चुनाव हुँदै, अध्यक्षमा तामाङ र पौडेल बिच प्रतिस्पर्धा

रातोपोस्ट संवाददाता
२०७ पटक

झापा, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको नेतृत्व छनोटका लागि आज मतदान हुँदैछ । काँकरभिट्टाको सामुदायिक भवनमा विहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताए । आज हुने मतदानका लागि केन्द्रका ५ सय १० जना मतदाता रहेको घिमिरेले बताए ।

मेची सामुदायिक सेवा केन्द्रको नेतृत्वका लागि महिला नेता विना तामाङ र पत्रकार मुक्ति पौडेल चुनावी मैदानमा रहेका छन् । अध्यक्षका उम्मेद्वार तामाङ सामुदायिक केन्द्रकाे संस्थापक सदस्य हुँदै उनी बरिष्ठ उपाध्यक्ष समेत रहेकी छिन् । पार्टीमा ईमान्दार महिला नेताकाे रुपमा परिचित तामाङ जनता विचमा लाेमप्रिय रहेकी छिन् । त्यस्तै अध्यक्षका अर्का उम्मेद्वार पौडेल सामाजिक रुपमा परिचित रहेका उनी विगत लामाे समयदेखि पत्रकारितामा क्रियाशील रहेका छन् ।

आज हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार तामाङ नेपाली काँग्रेसको तर्फबाट आधिकारिक उम्मेद्वार रहेकाे कांग्रेस मेचीनगर समितिले स्पष्ट पारेको छ ।
नेपाली काँग्रेस मेचीनगरका सभापति सुदयकुमार पनेरुले साेमवार एक प्रेस विज्ञप्ती जारी गर्दै मेची सामुदायिक सेवा केन्द्रको निर्वाचनका लागि अध्यक्षमा तामाङ र सचिवमा अर्जुन राई आधिकारिक उम्मेद्वार रहेकाे हुनाले मतदानहरुलाई विजयी गराउन सबैलाई अपिल गरेका छन् ।

केन्द्रको आज हुने मतदानका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका हुन । केन्द्रको उपाध्यक्ष र महासचिव लगायतका पदहरुमा सर्वसम्मत भए पनि अध्यक्ष र सचिवमा भने मतदान हुँदैछ ।

प्रतिकृया दिनुहोस्