News Portal

राम कट्टेलको दोस्रो कृति ” जीवनका मोडहरु” विमोचन

रातोपोस्ट संवाददाता
१५४ पटक

राजनीतिसँगै लेखन कर्ममा जुटेका राम कट्टेलको दोस्रो कृति सार्वजनिक भएको छ । विश्व कविता दिवसको अवसर पारेर कट्टेलले आफ्नो कविता संग्रह सार्वजनिक गरेका हुन् ।

कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले मंगलबार विमोचन गरेका हुन् । राजनीतिककर्मी कट्टेलको यसअघि कथा संग्रह सम्बन्ध लेखेका थिए। कृतिकार र प्रमुख अतिथि शर्माको गृहनगर धुलाबारीको अतिथि सदनमा संग्रह विमोचित कार्यक्रममा साहित्यकार तथा नगरबासीको बाक्लो उपस्थिति थियो।

सरल भाषामा साहित्य सिर्जना गर्ने कट्टेलले सम्बन्ध नामाकरण गरेर कथा सँगालो सार्वजनिक गरेका जीवनका मोडहरु लोकार्पण गराएका हुन्। उनका दुबै कृतिको नाम जीवन भोगाइसँग निकट भएको विमोचन कार्यक्रममा सहभागीहरुको भनाइ छ।

कृति विमोचनको पूर्वसन्ध्यामा महामन्त्री सामाजिक सञ्जालमा लेखेका थिए – जीवनका मोडहरुलाई स्वागत छ ! साहित्यकार एवम् राजनीतिज्ञ आदरणीय दाइ राम कट्टेललाई दोस्रो साहित्यिक कृतिका लागि हृदयदेखि धेरै शुभकामना ! कृति विमोचन कार्यक्रममा महामन्त्री शर्मा, कोशी प्रदेश सांसद गोपाल तामाङ , राजनीतिकर्मी साथै विभिन्न क्षेत्रका अगुवाको सहभागिता छ।

प्रतिकृया दिनुहोस्