News Portal

मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको अध्यक्षमा पाैडेल, सचिवमा राई निर्वाचित

रातोपोस्ट संवाददाता
२२४ पटक

झापा, ७ चैत्र । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्तिनाथ पौडेल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १ सय २ मतकाे फराकिलो मतान्तरले पराजित गरेका हुन ।

पत्रकार समेत रहेका पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका छन् । निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार अध्यक्षमा बिजयी पौडेलले २ सय २१ मत ल्याएका छन् भने तामाङले १ सय १९ मत ल्याएकी थिइन् ।

यसैगरी, सचिव पदमा अर्जुन राई २ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिष्पर्धी घनश्याम लामिछानेले १ सय ३२ मत ल्याएका थिए । केन्द्रको निर्वाचनमा ५ सय १० मतदाता थिए । जसमध्ये ३ सय ४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो ।

महासचिव लगायतका अन्य पदमा पहिल्यै सर्वसम्मत भइसकेको छ । अध्यक्ष पदमा पौडेल र तामाङबीच प्रतिष्पर्धा हुँदा नेपाली कांग्रेस मेचीनगरले तामाङलाई पार्टीको आधिकारिक उम्मेद्वार घोषणा गरेको थियो ।

पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका थिए । तामाङलाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समेत समर्थन जनाएका थिए । सबै दल एकातिर उभिदा समेत स्वतन्त्र उम्मेद्वार पौडेलको जितलाई सामाजिक र राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्