News Portal

एमाले अध्यक्ष ओली आज गृह जिल्ला आउदै

रातोपोस्ट संवाददाता
१९० पटक

काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन्।

जहाजमार्फत दिउँसो १ बजे भद्रपुर आउने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।

बिहिवार (भोलि ) दमक- २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा आउन लागेका हुन्। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।

प्रतिकृया दिनुहोस्