News Portal

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

रातोपोस्ट संवाददाता
२९६ पटक

काठमाडौँ, १० चैत । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ ।

बनेपामा जन्मिएकी ताम्राकार नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्थन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । ‘वातावरण’ कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।

उनी पछिल्लो समय ईमेज एफएम ९७.९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएको ईमेज एफएमले जनाएको छ । उनी चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय रहेकी थिइन् ।

प्रतिकृया दिनुहोस्