News Portal

आजदेखि ईस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

रातोपोस्ट संवाददाता
१४८ पटक

झापा, १० चैत । ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डर अनुसार आज बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो।

रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन।

प्रतिकृया दिनुहोस्