News Portal

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ निर्वाचित

रातोपोस्ट संवाददाता
१४३ पटक

झापा, ११ चैत्र । काँकरभिट्टा बहुमुखी क्याम्पसमा शुक्रबार भएको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ (नेविसंघ) विजयी भएको छ।

शुक्रबार भएको निर्वाचनमा नेविसंघका विशाल तामाङ सभापतिमा निर्वाचित भएका छन्। उनले २ सय ५० मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्द्वी एस निकट अनेरास्ववियूका विनम सरदारले १ सय ९० र एमाले निकट अनेरास्ववियुका रोशन भुजेलले ४८ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्