News Portal

  • चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली चयन

    रातोपोस्ट संवाददाता
    ८७ पटक

    काठमाडौं, १२ चैत । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न समाजको १५औँ महाधिवेशनबाट उनी नयाँ अध्यक्ष चयन भएका हुन् । त्यस्तै, समाजको उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का चयन भएका छन् भने महासचिवमा अरुण प्रधान चयन भएका छन् ।

    सचिवमा देवेन्द्र पाण्डे चयन भएका छन् । त्यस्तै, कोषाध्यक्ष समुद्र भट्ट निर्वाचित भएकी छन् । सह–कोषाध्यक्ष राज बस्न्यात निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जनलगायत निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)