News Portal

ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारीद्वारा कृतिम हातखुट्टा वितरण

रातोपोस्ट संवाददाता
२३२ पटक

झापा, १६ चैत । हातखुट्टा नभएकालाई झापामा कृतिम हातखुट्टा वितरण गरिएको छ । बुधबार ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर- २ को संयोजन तथा नारायण सेवा संस्था उदयपुर भारतको सहयोगमा नेपालको विभिन्न जिल्लाका ९४ जना अपाङ्गता भएकालाई कृतिम हातखुट्टा वितरण गरिएको हो ।

कृतिम हातखुट्टा वितरण कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानामगरले हातखुट्टा गुमाएकाहरूले विगतमा विदेश गएर चर्को मुल्य खर्चनु पर्ने बाध्यता रहेको थियो । उनले भनिन् आर्थिक अवस्था कमजोर भएकाहरू बजेट अभावले विदेश गएर कृतिम हातखुट्टा लगाउन नसक्दा कष्टकर जीवन जिउन बाध्य हुन्थे । तर, अहिले अवस्था फेरिएको छ । अहिले दाता र विभिन्न संघसंस्थाहरूले सहजरूपमा कृतिम हातखुट्टा वितरण गरेसंगै सबैलाई सहजरूपमा सेवा सम्भव रहेको बताइन् ।

विभिन्न कारणले हातखुट्टा गुमाएर अपांगता भइ कष्टकर जीवन व्यतित गर्दै आएकाहरूलाई कृतिम हातखुट्टा पाएसंगै अब दैनिकीमा सहज हुने बताएका छन् । उनीहरुले निःशुल्क रुपमा कृतिम हातखुट्टा वितरण गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे ।

हात खुट्टा वितरण कार्यक्रमको अध्यक्षता ब्रमाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणाको उपस्थिति रहेको थियो । त्यसै गरी विशिष्ट अतिथि मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिहरुमा वडा- २ का अध्यक्ष दिपक बराल, वडा- ४ का अध्यक्ष अर्जुन कार्की, नारायणी सेवा संस्थाका हरी प्रसाद लड्डा, दमक अपाङ्ग संघका अध्यक्ष खगेन्द्र भट्टराई, रोजी हिरा फाउन्डेसनकी अध्यक्ष रोजिना प्रदान, रुद्र गौरी अम्बिका ओली फाउन्डेसनकाका अध्यक्ष गंगा ओली, सामाजिक व्यक्तिहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्