News Portal

  • आज सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता हुने

    रातोपोस्ट संवाददाता
    ७७ पटक

    काठमाडौँ, १६ चैत । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।

    सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)