News Portal

  • एसईई आजदेखि सुरु, झापामा १५ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदै

    रातोपोस्ट संवाददाता
    ६७ पटक

    काठमाडौं, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ ।

    परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।

    सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी हुँदैछन् । परीक्षामा ५० जना दृष्टिविहीन परीक्षार्थीका लागि उनीहरूको आफ्नै विद्यालयमा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । त्यसैगरी, झापामा १५ हजार ८ सय ५८ विद्यार्थी सहभागी रहेकाे छ ।

    पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ ।

    कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए। बोर्डले परीक्षामा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने जनाएको छ । परीक्षामा बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)