News Portal

गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

रातोपोस्ट संवाददाता
२११ पटक

कास्की, ९ बैशाख । गण्डकी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ। प्रदेशसभामा आज एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेका हुन्। प्रदेशसभामा विश्वासको मत नपाएपछि उनी स्वतः पदमुक्त भएका छन्।

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक थियो। तर उनको पक्षमा २४ जना सांसदले मत दिएका छ्न्। यस्तै ३५ जना सांसदले उनको विपक्षमा मत दिएपछि उनले विश्वासको मत गुमाएका हुन्। शनिबार ५९ जना उपस्थित भएका हुन्।

केन्द्रको समीकरण अकस्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी अल्पमतमा परेका हुन्। चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएका थिए। गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ।

प्रतिकृया दिनुहोस्