News Portal

  • तनहुँमा खस्यो २० प्रतिशत मत

    रातोपोस्ट संवाददाता
    ४८ पटक

    पोखरा, १० बैशाख । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतदान जारी छ । ६९ मतदानस्थलका १ सय ५२ मतदानकेन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

    ‘सबै ठाउँमा मतदान भइरहेको छ’, उनले भने, ‘२० प्रतिशत मत खसेको अनुमान छ।’ बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५० मतदाता छन् । गएको मंसिर ४ मा भन्दा १ सय ८५ मतदाताको संख्या घटेको हो । तनहुँको व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदानमा गरिरहेका छन्। यो क्षेत्रमा ४२ वडा पर्छ।

    मंसिर ४ मा भएको उपनिर्वाचनमा विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। चुनावी मैदानमा ९ जना छन्। पृथ्वीराजमार्ग पूर्णरूपमा बन्द छ । मतदान सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ। मतगणनास्थलमा तारजाली र सिसीक्यामेरा जडान गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)