रातोपोस्ट संवाददाता
सिन्धुली, १७ बैशाख । सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा झापाको सुरुङ्गा– ४ का ४३ वर्षीय कुमार पुरी र काठमाडौं गौरिघाटका ४३ वर्षीया सहारा प्रसाई रहेका छन्।
आइतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका प्युठान नगरपालिका–८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो।