News Portal

यूएईलाई हराउँदै नेपाल बन्यो प्रिमियर कप च्याम्पियन

रातोपोस्ट संवाददाता
१५१ पटक

काठमाडौं, १९ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा भारत र पाकिस्तानको सामना गर्नेछ । फाइनलमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुलशन झाले अर्धशतकीय पारी खेले ।

८४ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ६७ रन बनाए । त्यस्तै, भीम सार्कीले ७२ बलमा ४ चौकासहित अविजित ३६ रनको योगदान दिए ।

कुशल भुर्ते, कप्तान रोहित पौडेल १–१ र आसिफ शेख ८ रनमा आउट भए । यूएईका लागि रोहन मुस्तफाले २ र अयान अफ्जल खानले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३३.१ ओभरमा १ सय १७ रनमै अलआउट भयो । उसका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै, आर्यन लाक्राले १३, कप्तान मोहम्मद वसिमले ११, जुनैद सिद्दिकी र बसिल हमीदले १०/१० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछाने, करण केसीले २/२, सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए ।

सोमबार वर्षा कारण कारण नतिजा ननिस्किएपछि बाँकी फाइनल खेल आज बिहान ९ बजेदेखि २७.३ ओभरमा १०६ रन बनाएर ९ विकेट गुमाएको अवस्थाबाट सुरु सुरु भएको हो । सोमबार यूएईले ब्याटिङ गर्नेक्रममा पानी परेपछि खेल रोकिएको थियो । नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रतिकृया दिनुहोस्