News Portal

  • धरमपुर सहकारीको १४ औं वार्षिक उत्सवकाे अवसरमा आखा शिविर सम्पन्न

    रातोपोस्ट संवाददाता
    १५७ पटक

    झापा, २० बैशाख । झापाको शिवसताक्षी- १ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औ वार्षिक उत्सव अवसरमा आखा शिविर सम्पन्न भएको छ । बुधबार शिवसताक्षी- २ स्थित मंगलबारे बजारमा सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा आखा शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

    मेची आखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा सम्पन्न भएकाे शिविरमा २ सय १० जना महिला र १ सय ७८ जना पुरुषसहित जम्मा ३ सय ८८ जनाले आखा परिक्षण गरेका थिए । कार्यक्रममा ९० बर्षिया वृद्ध शान्तिदेवी अधिकारीले आखा परिक्षण गरि कार्यक्रमकाे उद्घाटन गरेकी थिइन् ।

    शिविरमा दुई सय रुपैया पर्ने १ सय ५४ थान चश्मा वितरण गरिएकाे थियाे । कार्यक्रममा १५ जना मोति बिन्दु भएका विरामीहरुलाई निशुल्क उपचार गर्नुका साथै तिस हजार बराबरको औसधि संस्थाले बितरण गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)