News Portal

धरमपुर बचत तथा ऋण सहकारी संस्थाको सप्ताह–व्यापी अभियान

रातोपोस्ट संवाददाता
३७७ पटक

झापा, २३ बैशाख । शिवसताक्षी–१ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४ औ स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । सहकारीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राबिधिक सहयोगमा १३ महिला र २९ पुरुषसहित ४२ जनाले रक्तदान गरेका थिए ।

त्यसैगरी सहकारीले दमक बाल अस्पताल दमकको प्राबिधिक सहयोगमा निशुल्क बाल स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । सो कार्यक्रममा ७० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको थियो भने १ लाख बराबरको निशुल्क औषधि समेत बितरण गरिएको थियो । बाल रोग विशेषज्ञ डा. प्रभु अग्रवालको नेतृत्वमा पुगेको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

बैशाख २० गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत पहिलो दिन शिवसताक्षी– २ मंगलबारेमा आँखा शिविर, बैशाख २१ गते शिवसताक्षी–१ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा बिभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण गरिएको थियो । सहकारीले आगामी २६ गते मंगलबार शिवसताक्षी– ३ पाराबारीमा बेमौसमी तरकारी खेती तालिम आयोजना गर्ने र सहभागिहरुलाई उन्नत जातको बिउबिजन बितरण गर्ने भएको छ । बैशाक २० गतेबाट सुरु भएको सप्ताह कार्यक्रम ३० गते सम्पन्न हुने सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्