News Portal

  • कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

    रातोपोस्ट संवाददाता
    ४२ पटक

    काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण कार्यक्रम हुँदैछ ।

    आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु-२ बाट विजयी भएका थिए । यसअघि बिहीबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)