News Portal

  • विभेद विरुद्ध मेची-महाकाली साइकल यात्रा

    रातोपोस्ट संवाददाता
    १५३ पटक

    झापा, २७ बैशाख । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने, ‘कानुन बनाएर मात्रै हुन्न, कार्यान्वयनमा पनि जोड दिनु पर्यो।’

    रेडियो नेपालमा कार्यरत बुटवलकी रिता बुढाथोकी , नवलपरासीकि सगिता नेपाली र अर्धखाँचीकी इन्दिरा बिश्वकर्माले बैशाख ६ गतेदेखि महाकालीबाट यात्रा सुरु गरेका थिए । तीनै जना रास्ट्रिय दलित पत्रकार संघमा आवद्ध छन् । एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् ।

    साइकल यात्रीहरुलाई मेची-महाकाली साइकल यात्रा गर्ने पहिलो पत्रकार मुक्ति पौडेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, कान्तिपुर दैनिकका उप-सम्पादक पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, रातोपोस्ट मिडियाका सम्पादक दिलिप थापा, होटल ब्यवसायी अर्जुन सुब्बा, स्थानीय समाजसेवी बाबूराम किके र काशीनाथ पाैडेललगायतले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)