News Portal

शिवसताक्षीमा नहरमा डुबेर युवतीको मृत्यु

लीला झापाली
१०७ पटक

झापा, १ जेठ । झापा शिवसताक्षी नगरपालिका- १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा गाईबस्तु हेर्न गएकी स्थानीय- २८ वर्षीया कमला राईको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

गाईबस्तु हेर्न जाने क्रममा अचानक नहरमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । शवलाई नहरबाट निकालेर हाल पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्