News Portal

दमककाे रेल कार्यालयमा वाइसिएलको तालाबन्दी

रातोपोस्ट संवाददाता
१७२ पटक

झापा, २ जेठ । झापाको दमकमा रहेको रेल बिभागको कार्यालयमा आज एकिकृत माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । देश आर्थिक संकटमा परेको बेला काम बिनाका कार्यालय स्थापना गरेर मुलुकलाई थप आर्थिक भार पारेको भन्दै माओवादीको भातृ संगठन वाइसिएलले रेल कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

वाइसिएलका दमक नगर अध्यक्ष जोन बुडाथोकीको नृेतृत्वमा गएको टोलीले कार्यालयमा ताला लगाएको थियो । पुर्व–पश्चिम रेल सञ्चालन गर्ने भन्दै नागरिकको सम्पति रोक्का गरिएकाले सो सम्पति फुक्का गर्नका लागि पनि बुढाथोकीले माग गरे ।

रेल र पानी जहाज जस्ता कार्यालयमा कार्यकर्ता भर्ती गरेर राज्यको ढुकुटी चरम दोहन गरिएको पाइएकोले त्यस्ता कार्यालय बन्द गर्ने वाइसिएलको नीति रहेको उनले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता पोस्नका लागि यस्ता अनावश्यक कार्यालय स्थापना गरेर लुट मच्चाएको आरोप उनले लगाए । कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्मा) ले रेल नै नभएकाे देशमा रेल बिभागको कार्याल खाेलेकाे हुनाले तालाबन्दी गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्