News Portal

स्रोत् साधन भएसम्म जनताको सेवामा लागिरहेका छौँ –

मेचीनगर -८ का वडा अध्यक्ष गिरिराज धमला

रातोपोस्ट संवाददाता
१८९ पटक

जनप्रतिनिधि भएको एक बर्षको समयमा वडामा जनताका पक्षमा के−के कामहरु सम्पन्न भएका छन् ?

−हामी निर्वाचित भएर आएको १ बर्ष महिना पूरा भएके छ, यो बीचको समयमा जनताका बीचबाट आएको गुनासो र समस्यालाई सहजीकरण गरेर समन्वय गर्ने विषय त छँदैछ र गरिरहेका पनि छौँ । बजेटका हिसाबले यो आर्थिक वर्षमा कार्यान्वयन गर्ने जति पनि कार्यक्रमहरु छन्, ती कार्यक्रमहरुलाई कार्यान्वयनको प्रक्रियामा अहिले समितिमार्फत विभिन्न क्षेत्रमा सम्बन्धित विनियोजित कार्यक्रमहरुलाई कार्यान्वयनको प्रक्रियामा छन् भने कतिपय कार्यक्रमहरु सम्झौता भइसकेर कार्यान्वयनको प्रक्रियामा रहेका छन् ।

साथै, टोल विकाससँग समन्वय गरेर वडामार्फत गर्न सक्ने कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । वडा मैले जति सोचेको थिएँ सोही अनुरुप काम गर्ने नसके पनि स्रोत्र साधन भएसम्म जनताको सेवामा लागिरहेका छौँ । यस वडा कार्यालय भाडामा सञ्चालन रहेको थियो भने यसपालिदेखि आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छौँ । वडामा शिक्षा, स्वास्थ्य र कृषि बाटाघाटा यस्ता धेरै काम सम्पन्न भएको छ । वडामा सीसी क्यामेरा जडान भएका छन् ।

वडामा जनताका कस्ता कस्ता समस्या आउँदा रहेछन् ?

मुख्यत जनताको वडामा लिएर आउने भनेको विशेषगगरी जन्मदर्ता, नागरिकताको प्रमाणित, चार किल्ला प्रमाणितको विषय लिएर जनता आउँछन् ।

जनप्रतिनिधि हुँदा तपाईंको अनुभव कस्तो रहयो, नेता बन्न सजिलो कि गार्हो रहेछ ?

म जनप्रतिनिधिमा निर्वाचित भएर आएपछि पनि जनताका सुखदुःखमा हातेमालो गर्दै
गुनासाहरु सहजीकरण गरि समाधान गर्ने जिम्मेवारीमा क्रियाशील छु । जनप्रतिनिधि हुनु भन्दा अगाडि पनि म जनताका हरेक दुस्खसुखमा समय व्यतीत आएको मान्छे हुँ, त्यसैले पनि मैले कुनै फरक अनुभव र अफ्ठयारो महसुस गरेको छैन । जनप्रतिनिधि हुँदा जिम्मेवारी ठाउँमा भएको हुनाले अलिक बढेको जिम्मेबारी महसुस गरेको छु ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा तपाईंका आगामी योजनाहरु के−के रहेका छन् ?

यस वडामा अत्याधिक मजदूर रहेको हुनाले उनीहरुको छोराछोरी र जनताका छोरा छोरीलाइर् ११ कक्षासम्म आदशर् माविमा निशुल्क शिक्षाको व्यवस्थापन गरेका छौँ । आगामी वर्ष १२ कक्षासम्म निशुल्क शिक्षाको व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । स्वास्थ्यको क्षेत्रमा हामीले वडामा ल्याब सहितको जनतालाइ सेवा प्रदान गरेका छौ । वडामा शिविर सञ्चालन गरि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छौ । साथै आमजनतामा स्वास्थ्य सेवा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा लागि परेका छौँ ।

कृषिको सन्दर्भमा अहिले पशु र कृषि प्राविधिक ३ वटा वडामा हेर्न नगरले एक जना प्राविधिक पठाएको अवस्था छ । यस वडामा सिचाईका लागि किसानलाइ डिपबोडिको व्यवस्था गरेका छौ । हप्तामा दुई दिन एउटा वडाको पालो पाउने भए पनि त्यसलाई अलिक व्यवस्थित तरिकाले व्यवस्थापन गर्न वडास्तरमा कृषि विकास तथा कृषि समूह समन्वय समिति गठनको प्रक्रियामा छ र यो समितिको समन्वयमा सेवा प्रदान गर्ने हिसाबले कृषि तथा पशु प्राविधिकलाई आमजनताको पहुँचमा पुर्याउनका लागि कृषि तथा पशु केन्द्र सञ्चालन गर्ने हाम्रो कार्यक्रम नै छ । कृषि तथा पशुको क्षेत्रमा तालिम सञ्चालन गर्नेका साथै बाली संरक्षण, नश्ल सुधार, कृषि अनुदान, सिँचाइका कार्यक्रम गर्ने योजना रहेको छ । करिब ५ वर्षको समयमा आमजनताले आफुसँग भएका जग्गाहरु १२ मास बाझो नराख्ने वातावरण बनाउन लागि परेका छौँ । स्वास्थ्य , शिक्षा र कृषिमा मुख्य गरि विभिन्न कार्यक्रमहरु गर्न बजेट विनियोजन गरेका छौँ

जनप्रतिनिधि हुँदा तपाईंको अनुभव कस्तो रहयो, नेता बन्न सजिलो कि गार्हो रहेछ ?

हिजोका दिनमा पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गर्ने अवसर मिलेको थियो तर
जनप्रतिनिधि चाहिँ पहिलो पल्ट बनेको त्यसैले नेता हुन र जनप्रतिनिधि हुनुमा चाहिँ फरक नै हुँदो रहेछ । मैले सजिलो−अप्ठ्यारा विषयलाई आफ्नो क्षमताले भएसँग कार्यसम्पादन गर्ने कुरामा कुनै कमिकमजोरी गरेको छैन जस्तो लाग्छ । मैले आफ्नो जिम्मेवारीलाई सहज तरिकाले निभाउने गरेको छु । अहिले नगरमा प्रसाशनिक प्रमुख सबैको भावना बुझ्ने हुनाले अब वडामा काम गर्न सहज हुनेछ ।

तपाईंका आगामी योजनाहरु के के छन् ।

कृषिलाई उत्पादनसँग जोड्नका लागि आधुनिकीकरण गरी तरकारी खेतीमा प्राथमिकता दिएर सम्भव भएसम्म १२ मास सागसब्जी उत्पादन गर्न वास्तविक किसानलाई पहिचान गरेर एक घर एक टनेल कार्यक्रमका साथै प्राविधिक ल्याएर तालिम दिने योजना रहेको छ । शिक्षा र स्वास्थ्य मानिसका लागि अति नै आवश्यक रहेको छ । त्यसैले आफ्नो मताहतमा रहेको स्वास्थ्य चौकीलाई अझ व्यवस्थित तरिकाले सञ्चालन गर्ने छौँ । आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ । मजदुर र किसानहरुका लागि बिशेष योजना बनाएर अगाडि बढाउने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस्