News Portal

भत्ता दिलाउन वडाध्यक्षले नै लिएर आए नगरपालिका

रातोपोस्ट संवाददाता
२८३ पटक

मेचीनगर, ३ जेठ । झापा मेचीनगर वडा नं २ का वडाध्यक्ष दिपक बरालले जेष्ठ नागरिकलाई भत्ता दिन नसकेको भन्दै नगरपालिका कार्यालय लिएर आएका छन् । उक्त वडाका जेष्ठ नागरिकले माघदेखिको मासिक वृद्धभत्ता पाएका छैनन् ।

वडामा वृद्धभत्ता रकम अहिलेसम्म नआएपछि बुधबार वडाध्यक्ष बरालले नै जेष्ठ नागरिकलाई बसमा चढाएर नगरपालिका कार्यालय ल्याएका थिए । बरालले नगरपालिकाको बेथितिका कारण समयमै वृद्धभत्ता वितरण गर्न नसकिएको बताए ।

जेष्ठ नागरिकहरुले बुधबार नगरपालिका कार्यालयमा नाराबाजी समेत गरे । वडाध्यक्ष बरालले नगरपालिकाको कार्यशैलीप्रति खेद व्यक्त गरे । ‘वृद्ध बाआमाहरुलाई भत्ता वितरण गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘साह्रै दिक्क लागेर नगरपालिका कार्यालयमै लिएर जान बाध्य भएँ ।’

नगरपालिकाका उपप्रमुख मिना पाेखरेल उप्रेतीले ज्येष्ठ नागरिकहरुकाे बृद्ध भत्ता वितरणमा कमि कमजाेरी भएकाे बताइन् । उनले अब छिट्टै बृद्ध भत्ता वितरण गर्ने आश्वासन दिइन् ।

प्रतिकृया दिनुहोस्