News Portal

  • भारतको नक्सलबाडीमा डरलाग्दाे दुर्घटना

    रातोपोस्ट संवाददाता
    ५७ पटक

    झापा, ४ जेठ । भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको खबर प्राप्त भएको छ ।

    विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट भारती यात्रुलाई लिएर एनजेपी गएको मे १ च ६६८५ नम्बरको सुमो गाडी नक्सलबाडीमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    भारतकाे नक्सलबाडी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको थियाे । गाडीमा सवार सबैजना भारत आसामका रहेकाे जानकारी प्राप्त भएकाे छ । भारतीय प्रहरीले घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।

    इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले नेपाली सुमो दुर्घटना भएको खबर आएको तर यकिन विवरण भने अझै नआएको उनले बताए । आसामबाट केहि दिनअघि नेपाल आएका उनीहरु विभिन्न जिल्ला भ्रमण गरेर घर फर्किएको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)