News Portal

  • भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

    रातोपोस्ट संवाददाता
    ११५ पटक

    काठमाडौँ, ४ जेठ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो ।

    सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)