News Portal

  • भाेलि मेचीनगरमा डा.तोसिमा सहित केन्द्रीय नेता आउँदै

    रातोपोस्ट संवाददाता
    १५९ पटक

    झापा, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले मेचीगरमा अधिबेशन गर्ने भएको छ । रास्वपाले जेष्ठ ६ गते शनिबार विहान ११ बजेदेखि अतिथि सदनमा नगर अधिबेशन गर्ने भएको हाे ।

    संगठन बिस्तारमा लागेको रास्वपाले झापाका १५ वटै पालिकामा संगठन बिस्तार तथा प्रशिक्षण सम्पन्न गरिसकेको झापा जिल्ला अध्यक्ष उमेश खरेलले जानकारी दिए। आगामी रणनीति र पार्टीको कार्यदिशाका बिषयमा प्रशिक्षण तथा मेचीनगर अधिबेशन गर्नका लागि केन्द्रीय सदस्य सहित संघीय सांसद झापा आउने कार्यक्रम रहेकाे उनले बताए ।

    कार्यक्रममा महामन्त्री डा.मुकुल ढकाल, सांसद डा.तोसिमा कार्की , निशा डाँगी, मनिश झा र केन्द्रीय सदस्य रमेश प्रसाई लगायतले सम्बोधन गर्ने अध्यक्ष खरेलले जानकारी दिए ।

    मेचीनगरको अधिबेशनमा सहभागी भएपछि केन्द्रीय नेताहरु रास्वपाकाे बिर्तामोड नगर अधिबेशनमा सहभागी हुने कार्यक्रम रहेकाे अध्यक्ष खरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)