News Portal

वाइसीएलकाे पाँचथर अध्यक्षमा गणेश चयन

रातोपोस्ट संवाददाता
२५५ पटक

झापा, ५ जेठ । नेकपा माओवादी केन्द्र पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पाँचथरकाे अध्यक्षमा गणेश तुम्ररुक चयन भएका छन् । आज शुक्रबार पाँचथरमा भएकाे वाईसीएलकाे दाेस्राे जिल्ला भेलालेेेेेेेे अध्यक्षमा गणेशलाई चयन गरेकाे हाे । त्यसैगरि जिल्ला भेलाले सचिवमा सुरेश राई चयन भएका छन् ।

जिल्ला भेलाले सदस्यहरुमा अनिता तुम्बादेवा, भुपाल तामाङ, सुन्दर सम्हाम्फे, भिम शेर्मा, सन्दिप लावती, विनाेद तामाङ, राजु श्रेष्ठ र भिम चाैहान चयन भएका छन् । भेलाले २७ सदस्यीय जिल्ला समिति चयन भएकाे छ ।

कार्यक्रममा प्रमुख अथिती नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सीता थेबैले युवा संगठनलाई नयाँ उचाइमा पुर्याउन वाइसियल लागि रहनु पर्ने बताइन् ।

विशेष अथिति वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी मगर (कर्मा)ले भ्रष्टाचारीलाई नागेझार पार्न सबै लाग्नु पर्ने बताए । उनले स्वास्थ्य, शिक्षा तथा राेजगार सरकारले ग्यारेन्टी गर्नु पर्ने बताए । भेलामा केन्द्रीय सचिव पुलामीले आवश्क परेकाे खण्डमा ६४ सालकै जस्ताे वाइसीएल निमार्ण गरि जनताका मुद्दाहरु समाधान गरिने बताए ।

कार्यक्रममा वाइसीएलका प्रदेश सह-इन्चार्ज खगेन्द्र सुबेदी, वाइसीएलका प्रदेश संयाेजक तथा केन्द्रीय सदस्य कुमार आचार्य र वाइसीएलका प्रदेश सह-संयाेजक विक्रम बहादुर फ्याककाे आतिथ्यता रहेकाे थियाे । जिल्ला भेलाकाे अध्यक्षता समुन्द्र आङबाेले गरेकाे कार्यक्रममा सञ्चालन गणेश तुम्ररुकले गरेका थिए ।

प्रतिकृया दिनुहोस्