News Portal

  • स्पन्दनले जिते भ्वाइस किड्स सिजन २ को उपाधि

    रातोपोस्ट संवाददाता
    ६० पटक

    काठमाडौँ, ६ जेठ । भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन्। योसँगै टिम प्रमोद खरेलले लगातार भ्वाइस किड्सको उपाधि पाएको यो दोस्रो पटक हो।

    भ्वाइस किड्स सिजन १ को उपाधि पनि टिम प्रमोदकै जेनिश उप्रेतीले पाएका थिए। फिनालेमा चार जना कोचका आठ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

    सो मध्ये धेरै भोट ल्याएर सुब्बाले सिजन किड्स २ को उपाधि पाएका हुन्। सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए। उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)