News Portal

  • नक्कली शरणार्थी प्रकरणका दोषीमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छु : प्रचण्ड

    रातोपोस्ट संवाददाता
    २१ पटक

    काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने बताएका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। केही रेकर्डहरू नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको उनको भनाइ छ।

    सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू छलफलमा बस्दा भ्रष्टाचार विरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भए पनि आफुहरू संसदलाई सहज रूपमा अघि बढाउन छलफलमा बसेको उनले स्पष्ट पारे। अहिले पनि केही मान्छेहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनु पर्ने स्थिति देखापरेर नै छलफलमा बसेको उनले उल्लेख गरे।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि नछुट्ने र निर्दोष कोही पनि नपर्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जनालगायत विषयलाई प्राथमिकतामा राखेको दाबी गरे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)