News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टीले सबैकाे भावना समेट्छ : सांसद डा. तोसिमा

    रातोपोस्ट संवाददाता
    ९५ पटक

    झापा, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले रास्वपाले सबै जनताको भावना समेट्ने बताएकी छिन् ।

    झापाको मेचीनगरमा भएको प्रथम मेचीनगर अधिवेशनमा सांसद कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको भावना समेटेर अगाडि बढ्ने बताएकी हुन् । मेचीनगरकाे धुलाबारी-९ स्थित अतिथि सदनमा भएको नगर अधिवेशनमा उनले रास्वपा एउटा मन्दिर रहेको हुनाले मन्दिरमा सबै जनतालाई आउन छुट रहेको बताइन् । उनले परिवर्तन हाम्रो पालामा नै सम्भव रहेको हुनाले सबै नगरबासीलाई रास्वपाको झण्डा मुनि गोलवन्द हुन पनि अपिल गरिन् ।

    कार्यक्रममा महामन्त्री डा.मुकुल ढकाल, सांसद डा.तोसिमा कार्की, निशा डाँगी, मनिश झा र केन्द्रीय सदस्य रमेश प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

    रास्वपा मेचीनगर समितिका सभापति भीमबहादुर कुँवरको अध्यक्षता सम्पन्न भएकाे कार्यक्रममा सञ्चालन सचिव कमल गौतमले गरेका थिए । कार्यक्रमकाे स्वागत मन्तव्य प्रदेश इन्चार्ज उमानाथ भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)