News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टीको मेचीनगर सभापतिमा गौतम चयन

    रातोपोस्ट संवाददाता
    २७३ पटक

    मेचीनगर, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् ।

    धुलाबारी स्थित अतिथि सदनको सभाहलमा आज सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द सुन्दास, काजीमान विक, दिनेशकुमार गुप्ता र असमि दाहाल चयन भएको निवर्तमान मेचीनगर सभापति भीमबहादुर कुँवरले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)