News Portal

  • हल्दिबारी गाउँपालिकामा विधार्थीसँग जनप्रतिनिधि

    रातोपोस्ट संवाददाता
    २६१ पटक

    झापा, ६ जेठ । झापाकाे हल्दिबारी गाउँपालिकाले पहिलो पटक विधार्थीसँग जनप्रतिनिधि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । हल्दिबारी वडा- १ को गरमकाली आधारभूत विद्यालयका विद्यार्थीले गाउँपालीकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा-१ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य शान्ता शिवाकोटी, रुपा रसाईली र प्रकाश कार्कीलाई विभिन्न प्रश्नहरू सोधेका थिए।

    विद्यालयमा शिक्षक सहभागी नगराई विधार्थीहरूलाई विद्यालयको अवस्था, शिक्षकले गर्ने व्यवहार, पढाई सञ्चालन कस्तो छ रहेकाे भनेर जनप्रतिनिधिले सोधेका थिए । विधार्थीहरूले पनि समस्याका बारेमा जानकारी गराएका थिए।

    सवाल जवाफ पश्चात गाउँपालीका शिक्षा शाखा प्रमुख जनककुमारी राईले विद्यालय र पढाइको बारेमा प्रश्न भएको एउटा फारम सबै विधार्थीहरूलाई भर्न दिएकी थिइन् जसले गर्दा आगामी दिनमा समस्या समाधान गर्न सहज हुने उनको भनाई रहेको थियो।

    गाउँपालीका अध्यक्ष लिङदेनले आगामी दिनमा अरू विद्यालयमा पनि यो कार्यक्रम अघि बढाउने बताए । विद्यार्थी र जनप्रतिनिधि बिच चिनजान हुने र विद्यालयका समस्याकाे पहिचान गर्न पनि सजिलो हुने भएकाले यो कार्यक्रम निरन्तर अघि बढ्ने उनको धारणा रहेको थियो। हल्दिबारी गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)