News Portal

  • चन्द्रगढी विमानस्थलमा भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजादै गर्दा एक युवती पक्राउ

    रातोपोस्ट संवाददाता
    ५० पटक

    झापा, ७ जेठ । झापा चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

    शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्। राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेका थिए। उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए।

    यसअघि गत वैशाख २१ गते विमानस्थलबाटै प्याडभित्र ब्राउन सुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए। भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ जाने क्रममा उनीहरू पक्राउ परेका थिए। उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)