News Portal

  • मेचीनगरमा अपाङ्गमैत्री भवन बनाउन माग

    रातोपोस्ट संवाददाता
    ५३ पटक

    मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिका कार्यालयमा अपाङ्गमैत्री भवन बनाउन माग गरेका छन । मेचीनगरमा उपप्रमुख मिना उप्रेती र प्रमुख प्रशाकीय अधिकृत महेश पराजुलीलाई आइतबार नगरमा ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गमैत्री भवन बनाउन माग गरेका हुन् ।

    अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम बुढाथोकीले ज्ञापन पत्र बुझाउँदै नगरका प्रमुख र उपप्रमुखको कार्यकक्ष भुइँतलामा राख्न पनि माग गरेका थिए । उनले भने, “तत्काल भवन बनाउन नसके पनि भुइँतलासम्म हामी पुग्न सक्छौं, उनले तत्काल सबैको पहुँच पुग्ने स्थानमा सर्नुपर्छ ।”

    नगरपालिका भवन तीन तलाको छ । भवनको दोस्रो तलामा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ । उनले भवन पुनर्निमाण गरेर अपांगमैत्री बनाउन नसक्ने हो भने माथिल्लो तलाबाट नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई भुइँतलामा स्थानान्तरण गर्न माग गरे ।

    नगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले ध्यानाकर्षण पत्र बुझेपछि अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाबाट सेवा र सुविधा पाउने सहज व्यवस्था मिलाइ दिने बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)