News Portal

  • जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा धुलाबारी मावि विजयी

    रातोपोस्ट संवाददाता
    १४५ पटक

    झापा, १० जेठ । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितामा धुलाबारी मावि विजयी भएको छ । मंगलबार भएकाे खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ रनले पराजित गर्दै धुलाबारी मावि विजयी भएको हाे ।

    मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा प्रत्येक दिन दुई खेल सञ्चालन हुँदै आएकोमा मंगलबार हावाहुरीसहितको बर्षाले एक खेल मात्रै भएको हो ।

    टस जितेर फिल्डीङ्ग रोजेको सुर्योदयले ६८ रन जोडेको थियो । ६९ रनको तार्केट लिएर मैदान प्रवेश गरेको धुलाबारीले आफ्नो लक्ष्य भेटाएको हो । मंगलबारको खेलको प्लेयर अफ द म्याच १३८ रन जोड्न सफल विजेता टिमकी प्रिया मलाह घोषित भइन् उनलाई क्रिकेट खेलाडी विकास राउतले
    प्लेयर अफ द म्याच प्रदान गरेका थिए ।

    फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)