News Portal

दुर्गेश्वरी साकोसद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण

रातोपोस्ट संवाददाता
३३० पटक

मेचीनगर, १३ जेठ । झापाको मेचीनगर- ८ मा रहेको दुर्गेश्वरी कृषि सहकारी संस्थाले जागृत बाल उद्धार केन्द्र नेपाललाई सहयोग गरेको छ । शनिबार संस्थाका अध्यक्ष सन्तोस मेचेसहित पद्धाधिकारी तथा कर्मचारीको टोली मेचीनगर-७ स्थित जागृत बाल उद्धार केन्द्रमा पुगेर अनाथ बालबालिकाको लागि आवश्यक सहयोग गरेको हो ।

संस्थाले बिगत बर्गादेखि नै आर्थिकसंगै सामाजिक कायलाई निरन्तरर्ता दिदैं आइरहेको छ । सोही कार्य अनुरुप आज अनाथ बालबालिकालाई आवश्यक शैक्षिक सामाग्री, खाद्यन्न र कपडा वितरण गरिएको दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचेले बताए ।

अहिले जागृत बाल उद्धार केन्द्र नेपालमा १४ जना अनाथ बालबालिकाहरु रहेका छन् । उनीहरुलाई संस्थाको तर्फबाट सहयोग सामाग्री वितरण गर्न सचिव रेवन्तराज पोखरेल, व्यवस्थापक गंगाप्रसाद मेचे, सहायक व्यवस्थापक कुमार मेचे, लेखापालद्वय विक्रम मेचे र आरती मेचेलगायतका कर्मचारी तथा बजारप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्