News Portal

होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

रातोपोस्ट संवाददाता
३१० पटक

मेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुनः सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन् । शनिबार काँकरभिट्टा खानेपानी सभाहलमा सम्पन्न संघको प्रथम नगर अधिवेशनले श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र काेषाध्यक्षमा हेमराज भट्टराई चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा प्रदीप सिटाैला, रामबहादुर तामाङ (हाेटल बेनी), सुमन कार्की, भिम सुब्बा, दिव्यस्वरा मैनाली, विष्णु बाेहरा, नर्वु लामा, विनिता राई, रामबहादुर तामाङ, एश्वर्या लक्ष्मी तामाङ र पवन कुमार उप्रेती निर्वाचित भएका छन् ।

नर्वनिर्वाचित अध्यक्ष श्रेष्ठले लामो समयदेखि व्यापार व्यवसायीमा आफू सक्रिय रहेको स्मर्ण गर्दै अब आफूले मेचीनगरलाई होटलहव बनाउने दाबी गरे । उनले भने मेचीनगर पर्यटकीय नगरी भएकाले होटल व्यवसायीलाई व्यवस्थित गर्दै जानु पर्ने उनले बताए । मेचीनगर नेपालकै पहिलाे सिमा नाका रहेकाे हुनाले नेपाल आउने पर्यटकलाई सहजरुपमा सेवासुविधा उपलब्ध गराउनु आफु लाग्ने बताए ।

प्रतिकृया दिनुहोस्