News Portal

निःशुल्क आँखा शिविरमा २ सय ५० बढीको आँखा जाँच

रातोपोस्ट संवाददाता
१४५ पटक

मेचीनगर, १३ जेठ । आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर- ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर- ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको

आराध्य बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा भएकाे स्वास्थ्य शिविरमा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेकाे थियाे भने दुर्गाचन्द्र मेमोरियल ट्रष्टको र मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको थियो ।

मेचीनगर- ६ र ७ वडाका जनतालाई लक्षित गरी आयोजना गरिएको निशुल्क मोति विन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमामा २ सय ६५ जनाले आँखा परिक्षण गराएका थिए । मेची नेत्रालयका दृष्टि बिशेषज्ञ योगेन्द्र राउतसहितको प्राविधिकले आँखा जाँच गरेका थिए । जसमा १० जनामा समस्या देखिएको आराध्य बचत तथा ॠण सहकारी संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

शिविरमा समस्या देखिएका मानिसलाई मेची नेत्रालयले थप उपचार गर्ने छ । नगरपालिकाको १५ वटै वडामा निशुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम विभिन्न वडामा सम्पन्न गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्