News Portal

जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा काँकरभिट्टा मावि विजयी

रातोपोस्ट संवाददाता
१४७ पटक

मेचीनगर, १४ जेठ । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा काँकरभिट्टा मावि विजयी भएको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा शनिबार भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ विकेटले पराजित गर्दै काँकरभिट्टा मावि विजयी भएको छ ।

काँकरभिट्टा माविले टस जितेर फिल्डीङ्ग रोजेको थियो । पहिला व्याटिङ्गको निम्तो पाएको सुर्योदयले ७.१ ओभरमा सबै विकेट गुमाउँदै १८ रन मात्रै जोड्न सक्यो । १९ रनको तार्केट लिएर मैदान प्रवेश गरेको काँकरभिट्टा माविले आफ्नो लक्ष्य ५ विकेटको क्षतीमा सजिलै भेटायो । खेलको प्लेयर अफ द म्याच विजेता टिमका अनमोल धमला घोषित भए । उनले आजको खेलमा ४ विकेट लिँदै ३ रन जोडेका थिए ।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्