News Portal

सरकारले बढायो सुर्ती, चुरोट र रक्सीको भाउ, बियर नि महँगियो

रातोपोस्ट संवाददाता
१५५ पटक

काठमाडौं, १६ जेठ । सरकारले सुर्तीजन्य पदार्थको मूल्य बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वनिक गर्दै सरकारले सुर्ती, चुरोट तथा रक्सिको मूल्य बढाएको हो । यतिमात्र होइन यसपटक सरकारले बियरको मूल्य पनि वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सुर्ती, चुरोट, रक्सि र बियरमा बढेको मूल्य १६ जेठदेखि नै लागू हुने जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले बियरको अन्तशुल्क दुई सय २८ बाट बढाएर दुई सय ३५ रुपैयाँ पुर्याएको छ । सरकारले बढाएको अन्तशुल्कमा १३ प्रतिशत भ्याट जोड्दा बियरमा प्रति ६५० मिलिमिटरमा १० रुपैयाँ वृद्धि हुनेछ । यी वस्तुको अन्तशुल्क बढ्दा समग्र वस्तुको मूल्य पनि बढ्न गएको हो । यस्तै, ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ बढाएको छ । अन्य मदिरामा प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बढाएर प्रतिलिटर ९० रुपैयाँ, डिनेचर्ड स्प्रिट ३५ रुपैयाँ पुर्याएको छ । यी दुवै प्रकारका मदिरामा सरकारले क्रमश: ५ रुपैयाँ र ७ रुपैयाँले अन्त:शुल्क बढाएको हो ।

सरकारले वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरुसमेत अन्तशुल्क ७ रुपैयाँले बढाएको छ । यस्तै, १५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा अन्तशुल्क प्रतिलिटर १ हजार ७५० रुपैयाँ रहेकोमा १ हजार ८०० रुपैयाँ तोकेको छ । साथै, प्रतिएलपि लिटर २ हजार ५९ रुपैयाँ रहेकोमा अन्तशुल्क बढाएर २ हजार १२० रुपैयाँ पुर्याएको छ।

प्रतिकृया दिनुहोस्