News Portal

काँकडभिट्टा नाकाबाट सुपारी बरामद

रातोपोस्ट संवाददाता
३७३ पटक

झापा, १७ जेठ । मेचीनगरको काँकडभिट्टा नाकाबाट अवैध रुपमा भारत लैजाँदै गरेको १५ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका ७ बजे मेचीनगर नगरपालिका- ६ साठीविघाबाट ४ सय ५० केजी सुपारी बरामद गरेको हो ।

आवश्यक कागजात बिना अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको करिब दुई लाख ५५ हजार मुल्य बराबरको सुपारीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको छ । तेस्रो मुलुकबाट आयातित सुपारी मेचीनगरको विभिन्न नाकाबाट दिनहुँ भारत तस्करी हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्