News Portal

कोशी प्रदेशकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

रातोपोस्ट संवाददाता
१०५ पटक

विराटनगर, १७ जेठ । जनता समाजवादी पार्टीका तर्फबाट काेशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्।बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा घाेषणा गरेकी हुन्।

जसपाकाे प्रदेश समितिकाे बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे थियाे।

यस्तै साेही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेकाे थियाे। पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन्।

प्रतिकृया दिनुहोस्