News Portal

अंशबन्डाको कारण छोराले गरे बुबाको हत्या

रातोपोस्ट संवाददाता
१५२ पटक

इलाम, १९ जेठ । इलाममा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका-२, चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

दीपकले जेठ ८ गते अंशबन्डाको विषयमा विवाद भई कुटपिट गर्दा लोकबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्