News Portal

मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिमा एक वृद्धको मृत्यु

रातोपोस्ट संवाददाता
१९५ पटक

झापा, १९ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका- ३ स्थित सयपत्री चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले आज दिउँसो डेढ बजेतिर बाटो क्रस गर्दै गरेका पैदल यात्री स्थानीय ६५ वर्षीय बलबहादुर बस्नेतलाई ठक्कर दिएको थियो ।

टाउको र अनुहारमा चोट लागेर बोल्न नसक्ने गम्भीर घाइते उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा ल्याइएको थियो । उपचारका क्रममा उनको दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक गौरादह- ४ का ३० वर्षीय सन्देश तुम्बापो इलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिकृया दिनुहोस्