News Portal

मेचीनगरको बिदा बुधबारसम्म थपियो

रातोपोस्ट संवाददाता
१७७ पटक

मेचीनगर, २२ जेठ । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र बुधबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुन दुई दिन थपिएको हो ।

मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी २३, २४ गते (मंगलबार र बुधबार) विद्यालय विदा दिइएको जानकारी दिएका छन् ।

पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्