News Portal

झापामा विवाह मण्डपबाट बेहुला पक्राउ

रातोपोस्ट संवाददाता
३६६ पटक

झापा, ७ असार । झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उप महानगरपालिका–१९ निवासी साजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको डीएसपी रिजालले बताए । जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै आजै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको डीएसपी रिजालले बताए ।

जन्तीसहित आएका चौधरी गौरादह–२ एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी विवाह समारोहमा पुगेका थिए । विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि बेहुली पक्ष र जन्तीको बिचल्ली भएको थियो । बेहुलीका परिवारजनलाई बेहुला विवाहित रहेको जानकारी थियो कि थिएन भनेर प्रहरीले छानबिन गरिरहेको छ । यता पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्