रातोपोस्ट संवाददाता
झापा, १५ असार । झापाकाे बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
बिर्तामोड-३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजबंशीको आज विहान सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीकाे करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको थियाे । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।